
गुप्तकाल तिर लेखिएको विष्णुधर्मोत्तरपुराणको एडुक सम्बन्धी वर्णन एवं एघारौ शताब्दीको कुल दत्तको क्रियासंग्रह पंजिका र त्यस्तै जगत दर्पणज्यूको वर्णित चैत्य लक्षण प्रविधिबाट प्रभावित भई तत्कालीन बौद्ध क्रियासमुच्चयमा समाजले हाम्रो देशमा मात्र होइन भारतमा पनि ठूलो संख्यामा चैत्यहरु निर्माण गर्न थालेको देखिन्छ । किनभने यी तीन वटै ग्रन्थले व्याख्या गरिएका चैत्य निर्माण विधिहरू प्राय: एक अर्को ग्रन्थको चैत्य लक्षण विधिसँग हुबहु मिल्न आएको पनि देखिन्छ । यसभन्दा अगाडि क्रियासमुच्चय आदि उपर्युक्त ग्रन्थमा वर्णन गरिएका जस्ता चैत्यहरू उपलब्ध भएको देखिदैन ।
हाम्रो स्वयम्भूनाथ चैत्य पनि यिनै उपर्युक्त चैत्य विधि बमोजिम बनाएको देखिन्छ । बाह्रौं शताब्दीको ग्रन्थ क्रियासमुच्चयमा चैत्य लक्षणविधि यसरी प्रस्तुत गरेको छः- चतुरस्रकृते क्षत्रे द्वादशभाजिते एकसार्धं, द्विसार्ध, द्विकोणयो भागहरण वर्तनात् विम्वस्यात् । विम्बार्ध नैमिकान्वितं । विम्वार्ध पीठ तद्वद्वर्मी मस्तकान्तम् विम्बायतम् छत्रम् । तत्रैक, त्रय, पंच, त्रयोदशम् सम्बुद्ध वज्रधराणम् । नव, सप्त प्रत्येक श्रावक बुद्धयो । अवितराग धातु चैत्य पदमकर्णीकैव परम् नान्यत् । तथा विम्बाभेदेन यष्टयारोपणं कर्तव्यं चतुर्बुद्वाशनं पुन वैरोचन प्रधानिकृतम्, विम्बात् बाह्य चतुर्भद्रे चतुर्बुद्ध विराजितं कोण स्तम्भार्पणं कुर्याद् बोधिसत्वादि भूषितं छत्राकारं तु बृष्टयार्थं, वर्षाथालक संज्ञक । हारार्धहार पठादि किंकीणी जाल भूषितं तदूर्धञ्च मणिकार्यं पद्मकर्णिका तु केचित् विधिना लक्षणोपेतं कारयेत् बिधिकोविद इति चैत्य लक्षण विधि” ।
अर्थात् चैत्य निर्माण गर्दा चैत्य बनाउने ठाउँमा चार कुने क्षेत्रलाई बाऱ्ह भाग लगाई प्रत्येक कुनामा १.५ र २.५ भाग छाडी गोल बनाई विम्ब अर्थात् चैत्यको आकार (गर्भगृह) बनाउनु पर्छ । अनि उक्त विम्बको आधा नेमिका र फेरि विम्बको आधा पीठ र त्यसदेखि माथि बर्मिकाको टुप्पो र विम्बको लम्बाई अनुसार छत्र राख्नु पर्छ । ती छत्र पनि १, ३, ५ वा १३ वटा सम्यक सम्बुद्ध र बज्रधरको चैत्यमा राखिन्छ । तर प्रत्येक बुद्ध र श्रावकहरूको छत्र भने क्रमश:
९ र ७ संख्या राख्नुपर्ने हुन्छ । अवितरागहरूको धातुचैत्यमा छत्र हुँदैन । पद्मकर्णीका मात्र हुन्छ । विम्बको अनुसार चैत्यको बीचमा राखिने यष्टी (य.सी) इन्द्रकील राख्नुपर्छ । यी चैत्यहरूमा क्रमशः पूर्वमा अक्षोभ्य दक्षिणमा रत्नसंभव, पश्चिममा अमिताभ र उत्तरमा अमोघसिद्धिका प्रतिमा राखिएका हुन्छन् । यसमा वैरोचन बुद्धको प्रतिमा प्रधान गरी बीचमा राखिएको हुन्छ । अर्थात् चारवटा बुद्ध प्रतिमा मात्र बाहिर राखिन्छ । त्यस्तै छत्रको आकार बराबर वर्षाथालक राखिएको हुन्छ । सो वर्षा थालकमा हारार्द्धहार, घण्टा, किंकीर्णी जाल पनि राखिएका हुन्छन् । त्यसको माथि टुप्पामा मणि राख्नुपर्छ । कुनैमा मणिको सट्टा पद्मकर्णिका पनि राखिएको हुन्छ ।
उपर्युक्त क्रियासमुच्चयआदिका समयसम्म पनि मामकी आदि ताराका प्रतिमाहरूको उल्लेख देखिदैन भन्ने कुरो बुद्ध प्रतिमा मात्र राख्ने कुराले स्पष्ट हुन आउँछ । स्वयम्भूको चैत्यसँग यी उपर्युक्त चैत्य लक्षण विधिका कुरा तुलना गर्दा प्राय: हुबहु मिल्न आएको देखिन्छ । विद्वान्हरूको भनाइ अनुसार मन्त्रयान, बज्रयानको प्रसार प्रचारभन्दा अगाडि मञ्जुदेव आचार्यले सर्वप्रथम स्वयंम्भू चैत्य निर्माण गर्दा अवश्य पनि मूर्तिरहित स्तूप नै बनाएको हुनुपर्छ भन्ने कुरा ज्ञात हुन्छ ।
तर वृहत् स्वयंभू पुराणमा उल्लिखित यी निम्न पंक्तिद्वारा भने स्वयंभू चैत्यमा चतुर्बुद्ध र चतुताराहरू स्थापना गरिएका कुरा व्यक्त भए पनि स्वयंभू पुराणको समयसम्म वैरोचन तथागत र वज्र धात्वेश्वरीको उल्लेख नभएको तथ्य भने छर्लङ्ग हुनआउँछ । जस्तै-
स्थापयामास मोदेन चतुतारागणापि च ।
पूर्वे ऽक्षोभ्यञ्च रत्नेशं दक्षिणे चार्मिताभकम् ॥ पश्चिमे चोत्तरे चाप्यमोघसिद्धिजिनानपि ।
लोचना मामकी तारा पाण्डरामार्य्यतारिका ॥२
गुह्यसमाज सूत्रको निर्माण भन्दा अगाडिको नवग्रन्थ मध्ये एक कहलिने सुवर्णप्रभास सूत्रसम्म पनि चतुर्बुद्धको मात्र उल्लेख भएको कुरा यस सूत्रको निम्नलिखित श्लोकले व्यक्त गर्दछ-
अक्षोभ्यराजः पूर्वस्मिन् दक्षिणे रत्नकेतुना ।
पश्चिमायाममिताभ उत्तरे दुन्दुभिस्वर: । सु.प्र.सु. श्लो ४
यो श्लोक अनुसार सुवर्ण प्रभास सूत्रसम्म पनि न वैरोचन बुद्धको उल्लेख छ, न उत्तर दिशामा आसिन रहनु हुने अमोघसिद्धि बुद्धकै उल्लेख छ । यसमा उत्तर दिशामा आसिन हुने अमोघसिद्धिको सट्टा दुन्दुभिश्वरको मात्र उल्लेख भएको देखिन्छ ।
वस्तुतः सुवर्णप्रभास सूत्र एउटा ब्राह्मणले सपनामा देखेको सुनको नगडा (दुन्दुभि) बाट निस्केको उपदेशको संग्रह हो भनेर उल्लेख गरिएका छन् । त्यही कारणले गर्दा अमोघसिद्धिको सट्टा दुन्दुभि स्वर तथागतको नाम उल्लेख भएको हुनुपर्छ । यो एउटा पंचबुद्ध सम्बन्धी अनुसन्धेय कुरा हो । सुवर्ण प्रभास सूत्र र गुह्यसमाज सूत्र बाहेक अरु नव सूत्र ग्रन्थ प्रज्ञापारमिता, समाधिराज, ललित विस्तर, लङ्कावतार, सद्धर्मपुण्डरीक, गण्डव्यूह, दशभूमिक सूत्रहरूमा आर्यावलोकितेश्वर करुणामय र अमिताभ बुद्धको उल्लेख भए पनि चतुर्बुद्ध एवं पंचबुद्धको उल्लेख कहीं कतै भएको पाईंदैन । यद्यपि ललितविस्तर, सद्धर्म्पूण्डरीक आदि सूत्रमा भित्तामा बुद्ध चित्र बनाउने, माटा, बालुवा, ईंटा तथा धातुको चैत्य बनाउने व्यक्तिलाई पनि अपार पूण्य लाभ हुन्छ भन्ने कुराको व्याख्या भने गरिएको नपाइएका होइनन् ।
गुह्यसमाज सूत्रको सप्तदश पटलमा पंचबुद्धका साथै मामकी आदि ताराहरूको पनि उल्लेख यसरी गरिएका छन्:-
पञ्चस्कन्धा: समासेन पञ्चबुद्धाः प्रकीर्तिताः । बज्रआयतनान्येव बोधिसत्वाग्रमण्डलम् । । ५) श्लो ।
साथै ताराहरूको बारे पनि यसरी उल्लेख गरेको पाइन्छ जस्तै-
पृथ्वी लोचना: ख्याता: अब्धातुर्मामकी स्मृताः । पाण्डुराख्या भवेत् तेजो वायुस्तारा प्रकीर्तिताः । ख: बज्रधातु समय सैव बज्रधरः स्मृतः ॥ ५१ ॥ श्लो ९५
हाम्रो चैत्यमा यही सूत्र स्वयम्भू रत्नको आधारमा ताराहरू सहित क्षेत्रबुद्धका प्रतिमाहरू गर्भगृहको चारैतिर सुरम्य स-सानो मन्दिर जस्तो बनाइ महाबौद्ध चैत्य, श्रीघः विहार चैत्य, धनद्यः चैत्य, चीलंचो चैत्य, बौद्धनाथ स्थापना गरेको पाइन्छ । स्वयम्भू चैत्यको प्रतिकृतिका रूपमा काठमाडौको चैत्यहरू एवं चित्लाङमा पनि यस्तै चैत्य निर्माण भएपनि अरु कुनै चैत्यमा पनि चतुर्बुद्ध बाहेक वैरोचन र ताराहरूको मूर्ति स्थापना गरिएको छैन ।तर यो गुह्यसमाजतन्त्र भन्दा एक कदम अघि बढी बुद्धको
सरल परिचयदिने उद्देश्यले (पृ. ५६८ मा) साधन मालाले निम्न श्लोक प्रस्तुत गरी संक्षेपमा पंचबुद्धको परिचय यसरी गराएको छ-
जिनो वैरोचनो ख्यातो रत्नसंभव एव च ।
अमिताभो ऽमोघसिद्धि रक्ष्योभ्योश्चैव प्रकीर्तिताः । वर्णा अमिषां सित: पीतो रक्तो हरित मेचकौ । बोध्यङ्गी बरदो ध्यानं मुद्रा अभय भूस्पृशौ । ।
तर स्वयम्भूको मूर्तिहरू धातुका बनाइएको हुनाले रंगको कुरा गर्न मिल्दैन । यसबारे पंचबुद्धको छुट्टै विवेचना गर्नुपर्ने देखिन्छ । साथै समाजतन्त्रको मण्डल विधिअनुसार विभिन्न मण्डलमा यी उपर्युक्त पंचबुद्धको रंग ठाउँ पिछे फरक फरक भएको पनि पाइन्छ । पंचबुद्ध र स्तूप (चैत्य) सम्बन्धी अन्वेषण र चर्चामा लाग्दा पंचबुद्धको उत्पत्ति कहिले, कहाँ, कसरी सुरू भयो भन्ने विषयमा प्रवेश गर्नु पनि नितान्त वांछनीय छ । महायान दर्शनको प्रचार प्रसारका समयसम्म “बुद्धो भवेयम् जगतोहिताय” भन्ने महान आदर्शकै लागि समर्पित हुनुपर्छ, आफ्नु तुच्छ स्वार्थ र मोक्षको लागि मात्र उद्योग गर्ने होइन भन्ने उपदेश जनमानसमा अत्यन्त व्याप्त थिए । यही उद्देश्य अनुरूप जगतहितका लागि समर्पित हुने, करोडौं जुनि सम्म पनि निर्वाण नहुने प्रणिधान (प्रतिज्ञा) गरी सम्पूर्ण प्राणीका हितका लागि तीनै लोकमा विभिन्न रूप लिई आवागमन गरी रहने श्री मद् आयावलोकितेश्वर आदि लोकेश्वरहरूको परिकल्पना गरियो ।
इसाको प्रथम शताब्दीतिर लेखिएको वज्रयानको पूर्वरूप मानिने पंच रक्षा सूत्रमा पनि पंचबुद्धहरू भन्दा आर्यावलोकितेश्वरको ठूलो गुणगान गरेको पाइन्छ ।
पंचरक्षा सूत्रमा वर्णित अष्टमहाद्युतिहरू अक्षोभ्य राज, अर्चि, नेमि, अमितायु, रत्न, आर्यावलोकितेश्वर, मेरू र वज्र यी अष्ट महाद्युतिहरूमा अक्षोभ्यराज, अमितायु, रत्न गरी तीनवटा मात्र बुद्धहरूको उल्लेख हुनु र आर्यावलोकितेश्वर लाई पंचबुद्धभन्दा अगाडि महत्व दिनुबाट आर्यावलोकितेश्वरको आविष्कार महायान सूत्र ग्रन्थका साथसाथै भए होला भनी परिकल्पना गर्न सकिन्छ । यी महाद्युतिहरूमा वज्रको उल्लेख हुनुबाट तत्कालीन समाजमा वज्रपाणी लोकेश्वरको पनि कम महत्व रहेनछ भन्ने कुरा व्यक्त हुन्छ । हुनत भगवान् बुद्ध र पौष्करसाति ब्राह्मणका शिष्य अम्बष्ठमाणवक’ बीचको वादविवादको समयमा पनि अम्वष्ठ माणवकले सत्य कुरा भगवान्लाई निवेदन नगरे (अत्यन्त आदीप्त) फलामको पहाड त्यसमाथि खन्याउन वज्रपाणी यक्ष आकाश मार्गमा आइरहेको सन्दर्भ अम्वष्ठ सूत्रमा उल्लेख हुनुबाट पंचरक्षा सूत्रमा उल्लिखित वज्र शब्दले वज्रपाणी लोकेश्वरलाई बुझाउदैनकि भन्ने शंका उठ्नु स्वाभाविक छ । तर गुह्यसमाजतन्त्रले पनि वज्रपाणी लाई महातेजयुक्त नै मानेको छ । अत: वज्रपाणीको कल्पना पनि धेरै पुराणो मान्न सकिन्छ ।
यसरी श्री मद् आर्यावलोकितेश्वरको उत्पत्ति पछिका हजारौं वर्षसम्म पनि अमोघसिद्धि तथागत र वैरोचन तथागतको आविष्कार नभएको कुरालाई पंचरक्षा सूत्रले औल्याउँछ । बुद्ध भगवान्को परिनिर्वाण पछि सर्वप्रथम गौतम बुद्धको मूर्ति राजा कनिष्कका पालामा निर्माण भएको हो भन्ने कुरालाई इतिहासविद्हरू मान्दछन् । महायानी ग्रन्थ नव व्याकरण मध्येको सद्धर्मपुण्डरि का सूत्रमा बुद्धको प्रतिमा बनाई एउटा पुष्पमात्र चढाउन सके पनि ठूलो पुण्य हुन्छ भन्ने भाव व्यक्त गरेको छ । इसाको प्रथम शताब्दीतिर चाइनिज भाषामा अनुवा भइसकेका यी नवग्रन्थहरूबाट उत्प्रेरित भएरै अजन्ता अलौरा आदि पहाडका चट्टानमा समेत भव्य बुद्ध मूर्तिहरूको निर्माण भए । जुन कुरा माथि पनि उल्लेख भइसकेको छ ।
आचार्य कुलदत्तले धर्मधातु लक्षण चैत्य निर्माण विधि मा चैत्यमा पंचबुद्ध राख्ने कुरा उल्लेख गरेको नपाइए पनि चैत्य निर्माण गरिसकेपछि कलषाभिषेक गरी “ॐ नमो भगवत्यै वैरोचन प्रभराजाय तथागतायार्हते सम्य सम्बुद्धाय “
३४. दीर्घनिकाय- पृष्ठ १०६
३५. श्री गुह्यसमाज तन्त्रम् – पं. दिव्यवज्र अ. पृष्ठ ५१२ (प्र. लो. रि. सेन्टर)
भन्ने धारणी पढ्नुपर्ने नियम बताएको छ । अतः वज्रमहायानज्ञ आचार्यहरूले पंच तथागतको मूर्ति किन प्रचारमा ल्याउन चाहेन ? यदि ध्यानीबुद्धहरूको मूर्ति • बनाउन नजानेर भनूं भने स्वयं भगवान् बुद्धके पालामा इ.पू. ५२७ तिर पिपली माणवक नामको मगध देशको ब्राह्मणलाई वयस्क भएपछि आमा बाबुले चाँडै विहा गर्न जोड दिंदा त्यतिबेला उनको विहे गर्ने इच्छा थिएन । अनि उनले असल सुनको सुन्दर प्रतिमा बनाउन लगाई रातो रेशमी वस्त्र पहियाई आमाको अगाडि ल्याएर भने- “आमा यो सुनको मूर्ति जस्तै रूप लावण्ययुक्त स्त्री पाए म विहे गर्छु ।” आमाबाबुले पनि त्यही मूर्ति देश देशान्तरमा पठाई त्यस्तै लावण्ययुक्त सुन्दरी केटी खोज्न पठाए । यो सन्दर्भले त्यति बेला सुन्दर मूर्तिहरू बन्दोरहेछ भन्ने ज्ञात हुन्छ । त्यस्तै इशापूर्व पहिलो शताव्दीमै अजन्ता गुफामा भित्ते चित्र उपलब्ध भइसक्यो भन्ने इतिहासविद्हरूको भनाइअनुसार पनि कुलदत्त आचार्यको कालसम्म त पंच तथागतको मूर्ति अवश्य बनिसक्नु पर्ने धेरै प्रमाणहरू छन् । अत: प्रचार गर्न नचाहेको नै भन्नु उपयुक्त छ ।
सम्बत नभएको तर लिपिका आधारमा अंशुवर्मा कालीन देखिने ललितपुर को त्यागल टोलमा अवस्थित अभिलेख ३७ अनुसार लिच्छविकालमा महायान बौद्ध धर्मको काफी प्रचार भइसकेको कुरालाई प्रमाणित गर्छ । महायान सम्प्रदायको नवसूत्र ग्रन्थमध्येको सद्धर्मपुण्डरीका सूत्रको पनि सो अभिलेखमा उल्लेख हुनुबाट लिच्छविकालमा महायान दर्शनको एकदम प्रचार भएको कुरालाई औंल्याउँछ भने वज्रयानी देवताहरू अक्षोभ्य, शाक्यमुनि, अमिताभका साथै समन्ताभद्र, मैत्रेय, मञ्जुश्री, महास्थाम प्राप्त बोधिसत्वहरूको मात्र नाम उल्लेख हुनुबाट त्यसबेला सम्म पनि अक्षोभ्य र अमिताभ बाहेक अरू तीन बुद्धहरू वैरोचन, अमोघसिद्धि र रत्नसंभवको आविष्कार नभइसकेको वा प्रचार नगरेको तथ्यलाई संकेत गर्छ । यस अभिलेखमा ॐ अक्षोभ्यमक्षोभ्यशिताग्रमूर्तिन्तयागतं….. भनी अक्षोभ्य बुद्ध नीलोवर्णको हुनुहुन्छ अक्षोभ्य हलचल गर्न नसकिने (अचल) हुनुहुन्छ भनी वर्णन गरेको छ ।
अंशुवर्माको समयसम्म आइपुग्दा स्वयंभू महाचैत्य प्रति जनताको श्रद्धा पनि काफी प्रगाढ भइसकेको कुरा गोरखामा वज्र भैरव (वज्रमहांकाल) को
३६. राहुलसांस्कृत्यायन बुद्धचर्या- पृ. ३९
३७. धनवज्र वज्राचार्य- लिच्छविकालका अभिलेख पृ. ३८७ प्र. ने.ए.अ. त्रि.वि.
स्थापना लिच्छविकाल मै भइसकेको तथ्यले स्पष्ट हुन्छ । तर गोकर्णको अभिलेखमा स्वयंभू चैत्यको उल्लेख भएता पनि वज्रयानीहरूले पंचबुद्धको प्रचार क्रमिकरूपले बिस्तारै गरेको उपर्युक्त तथ्यका आधारमा अंशुवर्माका समयसम्म स्वयंम् महाचैत्यमा पंचबुद्ध स्थापना नगरिएको कुरालाई प्रमाणित गर्छ । तत्कालीन
वज्रयानीहरूले पंचबुद्धको
रहेको अनुभूति हुन्छ ।
प्रचार क्रमशः विस्तारै गर्नुको पछाडि पनि कुनै रहस्य
वज्रयानको उषाकाल भनूं वा मन्त्रयानकालको प्रमुख विशेषता भनू काय, वाक, चित्तका प्रतीक मानिने ॐ, आ, हूं यी त्र्यक्षरलाई क्रमश: वैरोचन, अमिताभ, अक्षोभ्य सूचक त्र्यक्षर वा बीजाक्षर मानेको पाइएता पनि वैरोचन बुद्धको आविष्कार धेरै पछि मात्र भएको आभास हुन्छ । जुन कुरा लिच्छविकालीन अभिलेख एवं लिच्छवि चैत्यहरू र पंचरक्षा सूत्रबाट प्रमाणित हुन्छ । यहाँनिर गुह्यसमाजतन्त्र र पंचरक्षा सूत्रलाई नियालेर हेर्दा दुवै ग्रन्थमा पाइएको एउटा उल्लेखनीय सादृश्यता दुवै सूत्रग्रन्थले आर्यावलोकितेश्वर (पदमपाणी) लाई महाद्युति, महाशक्तिशाली देवताका रूपमा मानेको पाइनु हो ।
यसरी धर्म, दर्शन र लोकप्रियताका आधारमा इतिहास केलाउँदै जानसके पंचबुद्ध सम्बन्धी एउटा गहकिलो अनुसन्धानमूलक ग्रन्थ तयार गर्न नसकिने होइन ।
यही सन्दर्भमा श्री कुद्दालपादका कृति गुह्यादि अष्टसिद्धि संग्रहबाट उद्धृत पं. बद्रीरत्न वज्राचार्यद्वारा सम्पादित महामुद्रासिद्धि नामक पुस्तिकामा वैरोचन बुद्धलाई शाश्वत शब्दले पुरकारेको रोचक प्रसंग पनि उल्लेख गर्नु उपयुक्त
छ ।
शाश्वताक्षोभ्यरत्नायुरमोघस्तु तथैव च ।
पञ्चमेकमयं पिण्डं षष्ठमस्तु महासुखः ।
यस श्लोकमा कुद्दालपाद सिद्धाले वैरोचनलाई पुकार्न शाश्वत शब्दको प्रयोग गरेको छ भने यी पंचबुद्धहरू एकै धिक्का भएको छैठौं रूप नै महासुखका प्रतीक वज्रसत्व हुन् भनी महासुख साधना गर्ने तरिका पनि व्यक्त गरेको छ । हुनत गुह्यसमाजको भाव पनि यही नै हो ।








