काठमाडौं । देशभरि ३९ प्रतिशत धान रोपाइँ भएको छ ।
कृषि विभागका अनुसार धान रोपाइँ हुने कुल क्षेत्रफल १३ लाख ९८ हजार २७३ हेक्टर मध्ये ५ लाख ३९ हजार ८ सय हेक्टर अर्थात ३९ प्रतिशत धान रोपाइँ भएको हो ।
गत वर्ष २३ असारसम्म ४२ दशमलव ९ प्रतिशत अर्थात ६ लाख ४२ हजार २८४ हेक्टरमा रोपाइँ भएको थियो ।बागमती प्रदेशमा ४०.२ प्रतिशत रोपाइँ हुँदा कोशी प्रदेशमा ३५ प्रतिशत, सबैभन्दा कम मधेश प्रदेशमा करिब २६ प्रतिशत धान रोपाइँ भएको छ ।सुदूरपश्चिममा करिब ६० प्रतिशत धान रोपाइँ भएको छ जुन प्रदेशगत रुपमा सबैभन्दा बढी क्षेत्रमा रोपाई हो । ।
गत वर्षभन्दा ४ प्रतिशतले यो साल कम रोपाइँ भएको कृषि विभागले जनाएको छ । ।