
काठमाडौं। नेपाली अग्र्यानिक उत्पादन स्याउलाई नेपाली बजारमा बिस्तार र ब्यापक गर्न ‘Apple fest 2024’ आयोजना हुने भएको छ । यहि असोज १७ गतेदेखि १९ गतेसम्म घटस्थापनाका दिनबाट आरम्भ हुने Apple fest 2024’ मा स्याउ र स्याउ का दर्जनौँ ब्यन्जन पस्कने कार्यक्रम रहेको छ ।

काठमाडौंको बौद्ध स्थित शाकाहारी उत्पला क्याफेको कृषक बजारमा आयोजना हुन लागेको क्याफेका प्रमुख दीपक बोहोराले बताए ।






उनले भने,‘नेपाली कृषकको उत्पादन नेपाली बजारमा पुर्याउन र देश आर्थिक समृद्धिको साथै आयात प्रतिस्थापन दिशातर्फ अगाडि लैजान यो प्रदर्शनीले सहयोग पुर्याउने उद्देश्य हाम्रो हो । प्रदर्शनीमा स्याउ र स्याउ का दर्जनौँ ब्यन्जन पस्कन स्टलहरु पनि रहनेछन् । ’








