
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)ले आज सोमबार प्रतिनिधिसभा बैठक सञ्चालनमा सहयोग गर्ने भएको छ ।
कार्यव्यवस्था परामर्श समितिको बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले हिंसा शब्दको प्रयोगप्रति आफूहरूको विमति कायम रहेको बताए । तर, प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने कार्यसूचीलाई प्रभावित नपार्ने उनले जानकारी गराएका हुन् ।
माओवादी केन्द्रले हिंसा’ शब्द संसद्को रेकर्डबाट नहटाएसम्म अवरोध जारी राख्ने अडान राखेपछि हिजोको बैठक बस्दै नबसी स्थगित गरिएको थियो ।
यही भदौ १२ गतेको प्रतिनिधिसभा बैठकमा नेकपा (एमाले)का सांसद योगेश भट्टराईले माओवादीको सशस्त्र द्वन्द्वलाई हिंसा भनेपछि विवाद चुलिएको छ ।






