
काठमाडौ । अख्तियारका अनुसार स्थानीय सरकार प्रमुख ,अध्यक्ष र नगरप्रमुख २० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अन्य मुद्दामा प्रमुख प्रशासकीय अधिकृत, उपाध्यक्ष, खरिदार, वडा अध्यक्ष, ठेकेदार र इन्जिनियर, ओभरसियर र उपभोक्ता समितिका सदस्यसम्मलाई विपक्षी बनाइएको छ । यीमध्ये केही मुद्दामा विशेषले फैसला सुनाएको छ भने केही विचाराधीन छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८०/०८१मा कुल २०१ थान मुद्दा दायर गरेको छ । यसरी दायर भएका मध्ये ७८ थान मुद्दा स्थानीय सरकारमा भएको भ्रष्टाचार सम्बन्धी छ ।
अख्तियारले एक हजार ५४५ जनालाई विपक्षी बनाएको छ भने ८ अर्ब ४० करोड ६ लाख ४९ हजार ४०७ रुपैयाँ माग दाबी गरेको छ । यीमध्ये स्थानीय सरकारका ४५६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।





