
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले शुक्रबार बस्ने संवैधानिक परिषद्को बैठकबाटै रिक्त रहेका सबै पदमा नियुक्ति सिफारिस गर्न प्रस्ताव गरेका छन् ।
आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रचण्डले संवैधानिक निकायका सबै रिक्त पदमा भोलि नै सिफारिस गर्नुपर्ने बताएका हुन् ।
नभए अर्को सहमति गरेर चाँडै सबै रिक्त पदमा सिफारिस गर्नुपर्ने बताएको प्रचण्डको सचिवालयले जनाएको छ ।
आज भएको बालुवाटार छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका प्रचण्ड सहभागी थिए ।




