
काठमाडौं साउन १२ गते । सीसीआरसीले एसआरसी प्लस टु अन्तरकलेज छात्र बासकेटबल प्रतियोगितामा मंगलबार जित हात पारेको छ ।
कीर्तिपुरस्थित कभर्डहलमा सीसीआरसीले ओमेगालाई ८०–४७ ले सहजै पराजित ग¥यो । सीसीआरका सवाज खानले २२ स्कोर गरे ।
पहिलो क्वाटरमा २४–७ को अग्रता लिएको सीसीआरसीले अन्तिमसम्म अग्रतालाई जोगाइ राख्दै क्रमशः १८–१६, २३–१४ र १५–१० स्कोर गरे ।
एइसीसी ग्लोबल कन्सल्टेन्ट्सको मुख्य प्रायोजन तथा पुल्चोकियन्स फिट्नेस हबको आयोजनामा भइरहेको प्रतियोगतामा पुष्पसदन र मनास्लु विजयी भए । दुवैले गोल्डेनगेटलाई हराए ।
पुष्पसदनले गोल्डेनगेट ‘ए’ लाई ३४–३० ले पाखा लगायो । पुष्पसदनका सिमोन रमजालीले १० अंक जोडे । पुष्पसदनको लगातार दोश्रो जित हो ।
सुरुको क्वाटर ६–६ को बराबरीमा टुंगिएको थियो भने बाँकीमा पुष्पसदन अगाडि रह्यो । पुष्पसदनले दोश्रोमा ९–७, तेश्रोमा ११–१० र चौथोमा ८–७ को प्रदर्शन ग¥यो ।
मनास्लुले गोल्डेनगेट ‘बी’ माथि ८६–३० को आरामदायी जित दर्ता ग¥यो । मनास्लुका शुभ खड्काले १८ अंक जोडे ।
चारै क्वाटरमा अग्रता लिएको मनास्लुले क्रमशः २७–६, १७–५, १९–१७ र २३–२ स्कोर ग¥यो । तीनै खेलका सर्वाधिक स्कोरकर्तात्रय सवाज, सिमोन र शुभ ‘म्यान अफ द म्याच’ घोषित भए ।







