
काठमाडौँ। हालै आएको नेपालका रसुवा, नुवाकोट अन्य भागहरूमा विनाशकारी बाढीबाट प्रभावित समुदायहरूलाई तत्काल राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले, ‘नमोबुद्ध बौद्ध ध्यान तथा शिक्षण केन्द्र’ को तर्फबाट धर्मधर वाङचुक टपडेनले बिहिवार ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा २१ लाख रुपैयाँको चेक हस्तान्तरण गरे । उक्त सहयोग रकम सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेललाई औपचारिक रूपमा हस्तान्तरण गरिएको थियो। साथै,नमोबुध्द बौध्दध्यान तथा शिक्षण केन्द्रका भिक्षुहरू जम्मा भई मृतकहरूको आत्माको चिर शान्ति तथा उनीहरूका शोक सन्तप्त परिवारजनको कल्याणका लागि ४९ दिन सम्म बुध्दधर्म अनुसार विशेष प्रार्थना गरिने धर्मधर वाङचुक टपडेनले बताउनु भयो।




