झापा । कोसी प्रदेशमा डेंगीबाट गत साउनदेखि हालसम्म एक हजार ६५ जना सङ्क्रमित भएका छन् ।
यस अवधिमा डेंगी संक्रमणका कारण झापामा दुईजनाको मृत्यु भएको छ । झापामा साउन १ गतेयता संक्रमितको संख्या १२८ पुगिसकेको छ ।
कोसी प्रदेशमा यसअवधिमा सबैभन्दा बढी मोरङमा संक्रमितको संख्या ५३२ पुगेको छ भने त्यसपछि झापा, धनकुटा र सुनसरीमा डेंगीका संक्रमित धेरै पाइएको छ ।
स्वास्थ्य निर्देशनालय धनकुटाका फोकल पर्सन सुरक्षा खत्रीका अनुसार धनकुटामा ८० र सुनसरीमा ७० जनामा डेंगीको संक्रमण भएको छ । यसैगरी, उदयपुरमा ६९ जना, भोजपुरमा ६८, सङ्खुवासभामा ६७, ओखलढुंगामा २९, पाँचथरमा २१, सोलुखुम्बुमा ६, इलाममा पाँचजना, खोटाङमा चारजना र तेह्रथुममा दुईजनामा डेंगी संक्रमण भएको पाइएको छ ।




