
क्यार्लिफोर्निया ।साहित्यकार छविरमण सिलवालको नियात्राकृति ‘अमेरिकाको घाम’ अमेरिकाको लसएन्जेलसमा लोकार्पित भयो ।
नियात्रासङ्ग्रह ऋषि ढकाल,मोहन न्यूरे, आवरण चित्रकार शुभम् सिलवाल, डिल्लीराज सिलवाल, नियात्राकार सिलवाल लगायतले लोकार्पण गरे ।
क्यार्लिफोर्निया राज्यका पूर्व अबैतानिक महावाणिज्य दुत ऋषि ढकालको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रम अनेसास लस एन्जेलस च्याप्टरका अध्यक्ष न्यूरेको सभापतित्वमा सम्पन्न भएको थियो ।
कार्यक्रमको औचित्यबारे डिल्लीराज सिलवालले बोलेका थिए ।
कार्यक्रममा मिलन कोइराला,मिलन न्यौपाने,परिता शर्मा,डनबहादुर कार्की,कमल ढकाल,सरु सिंखडा लगायतले कविता वाचन गरे ।
कार्यक्रमका संयाेजक डिल्लीराज सिलवालले कार्यक्रमकाे उद्धेस्य तथा स्वागत गरेका थिए । कार्यक्रमको सञ्चालन केसी श्रेष्ठले गरे ।कृतिका बारेमा आचार्य चुडामणि पाठकले टिप्पणी गरेका थिए।
अनेसास लसएन्जेलस च्याप्टरको आयोजनामा भएको कार्यक्रमको प्रायोजन सोलुम फाउण्डेसन,लसएन्जेलस रहेको थियो ।






