
पश्चिमतिरको झ्याल
राजीव श्रेष्ठ
मेरो कोठाको पश्चिमतिर एउटा झ्याल छ
त्यो झ्याल मेरा निमित विश्व दर्पणको छायाँ हो
बिहानै उठने बितिकै त्यही झ्यालबाट चियाउँछु
आजको दिन झरी बदली हुन्छ कि ?
वा घमाइलो हुन्छ ?
शनै शनै हेर्दा आउने द्रश्यको मजा
खुम्चिदै आईरहेको छ
किनकि ,
अब त्यहाँबाट सयकडौं झ्यालहरुको द्रश्यमात्र देख्न सकिन्छ
ती झ्यालबाट
द्रश्यावलोकन गर्ने मजस्ता थुप्रै मनुवाहरुको द्रश्य
पनि पक्कै खुम्चिएको हुनुपर्छ ।

किनकि,
तिनका सपना पनि मेरो पश्चिमी झ्यालको द्रश्य झैं
चकनाचूर भएको हुनुपर्छ !!



