
भक्तपूर । नेपाल स्रष्टा समाजको केन्द्रीय कार्यसमितिले आशापुरेश्वर संरक्षण समितिससँग साहित्यिक सद्भाव आदानप्रदान गर्यो ।
कार्यक्रममा नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ले सुन्दर प्राकृतिक र धार्मिक महत्वको पावन भूमिमा साहित्यिक गतिविधि गर्न पाउनु उल्लेख्य कुरा भएको भन्दै समाजले आगामी दिनमा साहित्यलाई आध्यात्मसँग जोडेर गतिविधि गर्न दुबै संस्था जोडिने बताए ।
समाजका संरक्षक पवन आलोकले समाजको बारेमा जानकारी दिए ।
आशापुरेश्वर मन्दिर परिसरमा शनिबार आयोजित कार्यक्रममा तारा सुवेदी,मधु पाठक,डा.शान्तिमाया गिरी,प्रदीप सापकोटा,रञ्जना निरौला,चेतनपथ माधव,लोकनाथ सापकोटाले आ-आफ्ना रचना सुनाए ।
आशापुरेश्वर संरक्षण समितिका सचिवले कार्यक्रम सञ्चालन गर्दै लोकनाथ सापकोटाले आशापुरेश्वरको धार्मिक महिमा बताए ।
समितिका सदस्य उषा केसी महतले स्वागत मन्तव्य व्यक्त गरिन् ।
कार्यक्रमको अध्यक्षता समितिका उपाध्यक्ष सरोजकुमार तामाङले गरे ।
कार्यक्रममा समाजका महासचिव प्रकाश घायल,सदस्य शंकर भारती सहित संरक्षण समितिका पदाधिकारीहरुको उपस्थिति थियो ।

