
काठमाडौँ। ‘रुपायन’को बैशाख -असार अंक प्रकाशित भएको छ ।
साहित्यिक त्रैमासिक पत्रिकाको यो अंकमा शैलेन्द्र साकार,धनञ्जय दवाडी,मिथिलेस अमात्य लगायतका कविता,नारायण नेपाल,प्रमुना सानु लगायतका गजल,देवराज सिम्खडा लगायतका लघुकथा समावेश गरिएका छन् ।
यसैगरी नवराज रिजाल,डा.छायादत्त न्यौपाने लगायतका निबन्ध र समालोचना रहेका छन् । यसमा नियमित स्तम्भ अन्तर्गत साहित्यिक समाचारहरु समेटिएका छन् ।
नवदीप श्रेष्ठ ‘अजनवी’ प्रकाशक तथा प्रधानसम्पादक रहेको यो त्रैमासिक पत्रिका नुवाकोटबाट प्रकाशित हुँदै आएको छ ।

