
काठमाडौँ। हेटौँडा–काठमाडौँ जोड्ने सडकमा असार १६ र १७ गते रातिको समयमा यात्रा गर्न रोक लगाएको छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले मङ्गलबार एक सूचना जारी गर्दै असार १६ गते बेलुका ५ बजेदेखि असार १७ गते बिहान ५ बजेसम्म र असार १७ गते बेलुका ५ बजेदेखि असार १८ गते बिहान ५ बजेसम्म सवारी चलाउन रोक लगाएको हो ।
प्रशासन कार्यालयले उक्त सडक खण्डमा कुनै पनि प्रकारका यात्रा नगर्न र नगराउन अनुरोध गरिएको छ ।
कार्यालयले जारी गरेको सूचना अनुसार असार १६ र १७ गते अति आवश्यक काम बाहेक यात्रा नगर्न आग्रह गरिएको छ भने ताल, नदी, खोला तथा अन्य जलाशयमा माछा मार्ने, पौडी खेल्ने, डुंगा चलाउने वा नदी तर्ने जस्ता जोखिमयुक्त गतिविधि नगर्न आग्रह गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीद्वारा जारी सूचनामा वर्षा र जोखिमको अवस्था हेरी सुरक्षाकर्मीले जिल्ला भित्रका कुनै पनि सडकमा निश्चित समयका लागि आवागमन रोक्न सक्ने भएकाले उक्त कार्यमा सहयोग र समन्वयका गर्न अनुरोध गरिएको छ ।


