
काठमाडौं । रेडियो नेपालको कार्यकारी निर्देशकमा अमरध्वज लामा नियुक्त भएका छन् । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले सञ्चार मन्त्रालयको प्रस्तावमा लामालाई रेडियो प्रसार विकास समितिको कार्यकारी निर्देशक नियुक्त गरेको हो ।
मन्त्रालयका सहसचिव बाबुराम भण्डारीको अध्यक्षतामा गठित समितिले लामा सहित अनिता गुरुङ र दीपक ज्ञवालीको नाम सिफारिस गरेको थियो । सिफारिस भएकामध्येबाट लामालाई नियुक्त गरेको हो ।
मदन भण्डारी फाउण्डेसनको केन्द्रीय सदस्य, मदन भण्डारी कलेजको पत्रकारिता विषयका प्राध्यापक तथा रेडियो श्वेत शार्दूलको कार्यकारी प्रमुख रहेका छन् ।





