
काठमाडौं । प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।
विपक्षीको नाराबाजीपछि बैठक १५ मिनेटका लागि स्थगित भएको हो ।
प्रतिनिधिसभा नियमावली समितिमा लैजानुपर्ने माग विपक्षीको छ । नियमावली समितिका सभापति गणेश पराजुलीले जवाफ दिएपछि सभामुखले संशोधन निर्णयार्थ सुनाउन थाले ।
त्यसपछि विपक्षी सांसदले वेलमा पुगेर सभामुखविरुद्ध नाराबाजी गरे । सदनमा सांसदहरूबीच धकेलाधकेल भयो ।


