
काठमाडौँ।नेपाल कम्युनिस्ट पार्टी (एमाले)का नेताहरूको कार्यविभाजनलाई अन्तिम रुप दिनेलगायत कार्यसूचीमा छलफल गर्न सो पार्टीको केन्द्रीय सचिवालयको बैठक आज बस्दै छ ।
यही जेठ ५ गतेको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेको नेताहरुको कार्यविभाजनलाई आज अन्तिम रुप दिने तयारी छ ।
एमाले केन्द्रीय कार्यालय सचिव डा= भीष्म अधिकारीका अनुसार बैठक बिहान ११ः३० बजे अध्यक्ष ओली निवास भक्तपुर, गुण्डुमा बस्ने छ ।

