सिन्धुपाल्चोक । प्रगतिशील लेखक सङ्घ, वैचारिक विमर्श तथा परिसंवाद विभागको आयोजनामा सिन्धुपाल्चोकको सुकुटे कविता साँझ कार्यक्रम सम्पन्न भएको छ ।
स्थानीय पर्यटन तथा प्रगतिशील साहित्यलाई समन्वय गर्ने गरि वैशाख १९ र २० सिन्धुपाल्चोकको सुकुटेमा उक्त कार्यक्रम सम्पन्न भएको हो।
विभागको ८५औँ विचार चौतारी शृङ्खला अन्तरगत कार्यक्रमको प्रमुख अतिथि प्रलेस, नेपालका पूर्व अध्यक्ष मातृका पोखरेल थिए।
कविता साँझ कार्यक्रममा विभिन्न कविहरूको रचनाहरु प्रस्तुति भएको थियो । रचना प्रस्तुत गर्नेहरूमा प्रमुख अतिथि पोखरेल सहित सल्लाहकारहरू ईश्वरचन्द्र ज्ञवाली, सुशीला प्रधानाङ्ग, डा.बिन्दु शर्मा, गोपाल बराल, ,प्राज्ञ बाबा बस्नेत तथा डा.कौशीला रिसाल थिए ।
त्यस्तै कविता प्रस्तुत गर्नेहरूमा समीर सिंह, डा.अमृता शर्मा, डा.कृष्ण सुवेदी, नमुना शर्मा, दिनेश दुलाल, डा.बालचन्द्र मिश्र, भोला ढकाल, कर्ण दयाल सोरारी, डा.प्रतिभा पुन, पार्वती राउत, सुधा मैनाली, यदुनाथ बसन्तपुरे, भक्त विश्वकर्मा, विजेन्द्र विक्रम जि.सी., रमेश दाहाल, राधा कार्की, सुमन थापा सङ्गम, डा.यादेवी ढकाल, सरस्वती शर्मा अधिकारी, वासुदेव पौड्याल, अच्युत घिमिरे, निर्मल बस्नेत, बालकवि सुविन पन्त लगायतले पनि कविता वाचन गरे।

विभागका संयोजक समीर सिंहको अध्यक्षता तथा उपाध्यक्ष डा.अमृता शर्माको सञ्चालन,डा.कृष्ण सुवेदीको स्वागतमा कार्यक्रम भएको थियो ।
कार्यक्रमको दोस्रो दिन सुकुटे कविता बिहानी कार्यक्रममा कविहरुबाट प्रगतिशील कविता वाचन गरिएको थियो । सोही दिन सुकटे बिच रिसोर्टबाट प्रारम्भ भएर सुनकोसी बिचसम्म र्याफ्टीङ कार्यक्रम समेत सम्पन्न भएको थियो । र्याफ्टीङको अवधिमा समेत कविता वाचन गरिएको थियो ।
कार्यक्रममा सिन्धु सुकुटे पर्यटन व्यवसायी सङ्घका सचिव कृष्ण सापकोटाको आतिथ्य समेत थियो ।