काठमाडौँ । सिसार साहित्य प्रतिष्ठान काठमाडौँद्वारा कवि लालमणि पौडेलको “भावतरङ्ग”(२०८३) कवितासङ्ग्रहको लोकार्पण गरियो । कार्यक्रममा अतिथिहरू प्रा.केशव सुवेदी, प्रा.जगत उपाध्याय, सिसार साहित्य प्रतिष्ठानका अध्यक्ष ज्ञाननिष्ठ ज्ञवाली, सल्लाहकार मीनप्रसाद ज्ञवाली, आख्यानकार भागीरथी श्रेष्ठ , लेखक पौडेल, प्रकाशक कमला पौडेल लगायतले संयुक्त रूपमा लोकार्पण गरे । समीक्षक प्रा.केशव सुवेदीले कवितासङ्ग्रहले बहुआयामिक विषयवस्तु समेटेको विचार व्यक्त गरे।
प्रा.जगत उपाध्यायले कवि पौडेलसँगका अन्तरङ्ग सम्बन्धबारे आफना धारणा सार्वजनिक गरे । कृतिका सम्पादक उपप्रा. ज्ञाननिष्ठ ज्ञवालीले अग्रजहरूको सम्मान गर्नुपर्ने धारणा राख्दै कृतिसम्पादनका सन्दर्भहरू उल्लेख गरे । कविहरू विजयध्वज थापा, विजयराज न्यौपाने, कृष्णप्रसाद पौडेल जस्ताघरेले “भावतरङ्ग”कवितासङ्ग्रहबाट कवितावाचन गरे ।
भागीरथी श्रेष्ठ, भागीरथी ज्ञवाली, सहप्रा.श्रीराम सापकोटा, डा.मेघराज ढकाल, डा.बमबहादुर जिताली लगायतले शुभकामना मन्तब्य दिनु भएको थियो।
कार्यक्रममा मीनप्रसाद ज्ञवालीले ४८ वर्ष पुगेको सिसार अङ्क २३ को सन्दर्भ उल्लेख गर्दे लेखकको साहित्यिक यात्राको पूर्ण शुभेच्छासहित सबैलाई धन्यवाद दिनु भएको थियो।कवि पौडेलले कृतिरचनाको अन्तर्कथा सुनाउँदै सबैलाई धन्यवाद दिए ।