
काठमाडौँ । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातक तह एमबीबीएस) को प्रवेश परीक्षाको नतिजा प्रकाशन गरेको छ ।
गत भदौ १ गते सञ्चालन गरिएको एकीकृत प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरिएको आयोगले जनाएको छ ।
भदौ १४ गते बसेको चिकित्सा शिक्षा आयोग कार्यकारी समिति र एकीकृत प्रवेश परीक्षा समितिको संयुक्त बैठकको निर्णयबाट योग्यताक्रमअनुसार नतिजा प्रकाशन गरिएको हो ।








