काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी संशोधन विधेयक राष्ट्रिय सभाबाट पारित भएको सन्देश मंगलबार प्रतिनिधि सभामा टेबुल भएको छ ।
मंगलबार प्रतिनिधि सभाका सचिव सुरेश अधिकारीले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०८१ राष्ट्रिय सभाबाट पारित भएको सन्देशबारे जानकारी गराएका हुन् ।विधेयक पारित गरेसँगै शान्ति सम्झौताअनुसार संविधानसभाको निर्वाचन, माओवादी लडाकुहरुको व्यवस्थापन लगायतका काम भए पनि संक्रमणकालीन न्यायको काम बाँकी कार्यभार पुरा हुने सबैले आशा गरेका छन् ।


