
काठमाडौँ । नेपाल स्रष्टा समाजद्धारा प्रदान गरिंदै आएकोे दमन्ता खनाल स्मृति नारी स्रष्टा सम्मान यस वर्ष उदयपूरकी मालावती काफ्लेलाई अर्पण गरिने भएको छ ।
ओझेलमा रहेका नारी स्रष्टालाई प्रदान गरिदै आएको यो सम्मानको नगदराशि बिस हजार एकसय एघार रहेको छ ।
आगामी बैशाख ९ गते एक कार्यक्रम आयोजना गरि उक्त सम्मान अर्पण गरिने नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ले जानकारी दिए ।
सामाजिक अन्याय विरुद्ध आवाज उठाईरहेकी काफ्लेका विभिन्न झ्याउरे गीत,सँगिनीका माध्यमबाट ती कुराहरुलाई व्यक्त गर्छिन् । उनी विभिन्न सँघसंस्थामा आवद्ध भई समाजसेवामा पनि लागिपरेकी स्रष्टा हुन् ।
नेपाल स्रष्टा समाजकी पूर्व महासचिव तथा गीतकार पुष्पा खनालले यो सम्मान वि.स.२०७५ सालमा स्थापना गरेकी हुन्।




