
काठमाडौं । भारत बिहारको समस्तीपुर जिल्लामा नेपालीहरु सवार बस दुर्घटना भएको छ । दुर्घटनामा कम्तीमा ३० भन्दा बढी घाइते भएका छन् ।
४३ जना सवार ना ७ ख ६४४६ नम्बरको उक्त बसलाई शनिबार राति पछाडिबाट एक ट्रकले ठक्कर दिएको र सोही कारण अनियन्त्रित भएर पल्टिएको विभिन्न भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
पाँच जनाको अवस्था गम्भीर छ । घाइतेहरुको उपचार मुसरीघरारी अस्पताल र निजी क्लिनिकहरुमा भइरहेको छ ।
सडक किनारमा पल्टिएको बसलाई क्रेनको सहायताले उठाइएको र ठक्कर दिने ट्रकलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दै गरेको स्थानीय प्रहरीले जनाएको छ






