काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह बालेनलाई चिनिया प्रधानमन्त्री ली छ्याङले बधाई दिएका छन् ।
बधाई सन्देशमा चिनिया प्रधानमन्त्री छ्याङले दौत्य सम्बन्ध स्थापना भएको ७१ वर्षयता दुई देशले शान्ति र सहअस्तित्वका आधारमा द्वीपक्षीय सम्बन्धको विकास गरिरहेको उल्लेख गरेका छन् ।
उनले नेपाल सरकारको शासन सञ्चालनमा चीन सरकारको समर्थन रहेको उल्लेख गरेका छन् । स्वतन्त्रता, सार्वभौमिकता र भौगोलिक अविच्छिन्नताको संरक्षण गर्न नेपाललाई निरन्तर रूपमा समर्थन गर्ने पनि उल्लेख छ ।