
काभ्रे,पनौती । पनौतीमा बन्जारा बन्जाडे समाजको तीज विशेष कार्यक्रम सम्पन्न भएको छ ।
पनौती नगरपालिकाका उपप्रमुख गिता बन्जाराको प्रमुख आतिथ्यता तथा समाजका केन्द्रिय अध्यक्ष गीता तिमल्सिना बन्जाराको अध्यक्षतामा उक्त तीज कार्यक्रम भएको हो ।
उक्त तीज विशेष कार्यक्रममा समाजका केन्द्रिय पदाधिकारी तथा सदस्यहरु,विभिन्न जिल्ला तथा प्रदेशका प्रतिनिधिहरु र गीत प्रतियोगीतामा भाग लिने सहभागीहरुको उपस्थिति रहेको थियो ।

गायक रामहरी न्यौपाने, गीतकार विनोद वञ्जारा र गायिका सुशिला बञ्जाडेले निर्णायकको भूमिका निर्वाह गरेको कार्यक्रममा तीज गीत प्रतियोगिता पनि भएको थियो । मौलिक तीज गीत प्रतियोगितामा ठाडोबाटो महिला समूह प्रथम,खरिबोट महिला समूह द्धितिय,छोरीचेली समूह त्रितिय र सक्रिय महिला समूहले सान्त्वना स्थान हासिल गरे ।

कार्यक्रममा विभिन्न संघसंस्था र व्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो । पनौती नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष बेद प्रसाद बन्जारा,वडा नं ४ का सदस्य प्रकाश बन्जारा लगायतको आतिथ्य रहेको उक्त कार्यक्रमको सञ्चालन समाजका केन्द्रिय महासचिव दिपेन्द्र शर्मा बन्जाराले गरेका थिए ।
गायिका आशा लामा,लोकगायिका सावित्री मगरले विभिन्न साँगितिक गीत समेत प्रस्तुत गरिएको कार्यक्रममा समाजकी उपाध्यक्ष तारा बन्जाराले स्वागत मन्तब्य राखेकी थिइन् ।








