
काठमाडौं।नेपाली कांग्रेसमा देखिएको विवाद समाधानका लागि भएको त्रिपक्षीय बैठकमा सहभागी नेताहरु सभापति शेरबहादुर देउवा भेट्न महाराजगञ्ज पुगेका छन् ।
वार्तामा विशेष महाधिवेशन पक्षबाट प्रदीप पौडेल, गुरुराज घिमिरे, मधु आचार्य र देवराज चालिसे सहभागी भएका थिए भने सभापति शेरबहादुर देउवा पक्षबाट रमेश लेखक, बालकृष्ण खाण र शेखर कोइराला पक्षबाट जीवन परियार र मिनेन्द्र रिजाल सहभागी भएका थिए ।
पहिलो चरणको वार्ता बिनानिष्कर्ष दिउँसो बस्ने गरी सकिएपछि संस्थापन पक्षका नेताहरु सभापति देउवालाई भेट्न महाराजगञ्ज पुगेका छन्।

