कविता
मानिस
रमी प्रिया
अनेक-अनेक
उपाय गर्छ मानिस
परमसत्तालाई पहिले ढुंगामा उतार्छ
रुखमा उतार्छ
पशुमा उतार्छ
अनि बल्ल आफूमा सार्छ ।
धेरै धेरै आकांक्षी छ मानिस
धन थुपार्छ
ज्ञान थुपार्छ
भएभरको शक्ति जम्मै
बोक्न नसकेर ढल्छ
आफू बिशिष्ट देखिनुको
अभिनय राम्रो गर्दा गर्दै
खरानी भैजान्छ ।
भन्नुपर्दा…
मानिस कति कमजोर नि!