काठमाडौं । लोकतन्त्र दिवसको दिन राष्ट्रिय महिला आयोगका सदस्य कृष्ण कुमारी पौडेल खतिवडाको दुई वर्ष कार्यकालको प्रतिवेदन सार्वजनिक भएको छ ।
आफ्ना दुई वर्षको कार्यकालमा भएको सम्पूर्ण कार्य विवरणहरु समेत समेटेर पुस्तकाकारको रुपमा तयार भएको उक्त प्रतिवेदनलाई एक समारोह बीच कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य माननीय अजुन नरसिंह केसी,बिशिष्ट अतिथि नेपाली कांग्रेसका सचेतकमा.शुशीला कुमारी थिङ, प्रा.डा सुरेन्द्र केसी,प्रतिवेदक कृष्णकुमारी पौडेल खतिवडा लगायतले सार्वजनिक गरे। उक्त प्रतिवेदनमा राष्ट्रिय महिला आयोगका माननीय सदस्य कृष्ण कुमारी पौडेल खतिवडाको आफ्ना दुइ वर्षे कार्यकाल आ.व.२०७९/२०८१ सम्मका हिंसा पीडित महिला तथा ज्येष्ठ नागरिकका सवालमा गरेका काम कारवाही र राष्ट्रिय महिला आयोगका बिषय समेटिएको बताइएको छ ।
गंगा खतिवडाले सञ्चालन गरेको उक्त कार्यक्रममा विशेष अतिथिको रुपमा राष्ट्रिय सभाका सदस्य विष्णुकुमारी सापकोटा, मा.विष्णुदेवी पुडासैनी,प्रदेश सभा सदस्य मैयाँ लावतीको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रममा विभिन्न आयोगका सदस्यहरु,उच्च पदस्थ कर्मचारीहरु,नेपाल प्रहरीका प्रतिनिधि,कानून व्यवसायी लगायतको ठूलो उपस्थिति रहेको थियो ।