
फागुन २५, चित्तलाई संसारबाट विमुख गराउने (मोड्ने) मतिपरिवर्तनका चार ध्यान (भावना) को अभ्यास गर्नुपर्दछ। ती हुन्: अनित्यताको चिन्तन, यो दुर्लभ मानव जीवन प्राप्तिको कठिनाइ, कर्मको अटल नियम र संसार स्वभावतः दुःखमय छ भन्ने बुझ्नु। यी भावनाहरूले तपाईंलाई साधनाको मार्गमा निरन्तर अगाडि बढ्न प्रेरित गर्नेछन्।
— एन ओसन अफ द अल्टिमेट मिनिङ्, पृष्ठ ४८ बाट







