
काठमाडौ । साहित्यिक पत्रकार सङ्घले गीतकार सुभाषचन्द्र पौडेल ‘भीमफेदीया’को गीत ‘मनको मझेरी’को लोकार्पण गरेको छ ।
यो गीतमा गायक नरहरि प्रेमीको स्वर र संगीत रहेको उक्त गीत प्रमुख अतिथि वरिष्ठ कलाकार मदनदास श्रेष्ठले मोबाइलमा थिचेर लोकार्पण गर्नु भएको थियो ।
साहित्यिक पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा आयोजित सो कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ कलाकार मदन दास श्रेष्ठ, शब्दपथका प्रधान सम्पादक आख्यानकार किशोर पहाडी, समालोचक युवराज मैनाली, कवि प्रतीक घिमिरे र कवि सानुराजा श्रेष्ठ अन्जानले आआफ्नो मन्तव्य राख्नु भएको थियो ।कार्यक्रममा सापसका पूर्व अध्यक्ष कलाकार नरेन्द्रबहादुर श्रेष्ठले स्वागत मन्तव्य राख्नु भएको सो कार्यक्रमको संचालन कवि मुरारि सिग्देलले गर्नुभएको थियो ।






