
भयो मलाई तिमी अजमाउन छोड
बुझेको छुु सबै कुरा बुझाउन छोड
थियो चाहान तिम्रो चोखो माया पाउने
भयो अब त्यो जवानी लुटाउन छोड
तोडेर दिल मेरो चकनाचुर पारेउ
बिन्ती मेरो अगाडि मुस्कुराउन छोड
म मरुँ या बाँचु मतलब छैन् भने
सबैसँग मेरो भनि जताउन छोड
धोकेबाज नभन हजार गल्ती गरी
गोही जस्तै झुटो आँसु देखाउन छोड
मरी सक्यो दिपक फर्की आउने छैन्
मनमा मेरो तस्वीर बनाउन छोड ।








