काठमाडौ । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्ु भन्ने प्रस्ताव राष्ट्रिय सभाबाट सर्वसम्मत स्वीकृत भएको छ।
आइतबार बसेको सभाको बैठकले उक्त प्रस्तावलाई सर्वसम्मत स्वीकृत गरेको हो।
सरकारको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले प्रस्तुत गरेको विधेयकमाथि राष्ट्रिय सभा सदस्यहरूले छलफल गरेका थिए। र मन्त्री चौरसियाले उठेका प्रश्नहरुको उत्तर दिएका थिए ।