
काठमाडौँ । सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिकामा एकाएक भीषण बाढी आएको छ । हिमताल फुटेर एकाएक बाढी आएको हुन सक्ने आशंका गरिएको छ ।
स्थानीय बासिन्दाका अनुसार केही घरहरु बगाईएको आशङ्का समेत गरिएको छ । सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकाले दूधकोशी नदी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह समेत गरेको छ ।
यस्तै जिल्ला प्रहरी कार्यालय सोलुखम्बुले पनि घटनाबारेमा जानकारी आएको तर थप विवरण आउन बाँकी रहेको बताएको छ ।
यसैबीच सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकाले पनि दूधकोशी नदी तटीय क्षेत्रमा सावधानी अपनाउन भनेको छ । गाउँपालिकाका प्रवक्ता भोजराज कार्कीले थामेमा क्षति भइसकेको जानकारी आएको भन्दै तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह गर्नुभएको छ । दूधकोशी गाउँपालिकाअन्तर्गत दूधकोशी तटीय क्षेत्रमा ठूलो बस्ती रहेको छ ।








