
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक आज बस्दै छ ।
११ बजे बस्ने भनिएको बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, प्रस्तावित जलनसम्बन्धी गैरसरकारी विधेयकबारेमा छलफल हुनेछ ।
प्रतिनिधिसभाको बैठक र समितिमा छलफल भइरहेका विधेयक, कानुन, न्याय तथा मानव अधिकार समितिबाट सर्वसम्मतिले सदनमा पठाइएको संक्रमणकालीन न्याय सम्बन्धी विधेयकबारे पनि दलको बैठकमा छलफल हुने पार्टीका कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिएका छन् ।

