
माघ १
धर्म साधनाका लागि यसको विधि, मार्ग र फलको ज्ञान हुनु आवश्यक छ, जसका लागि शास्त्रको अध्ययन जरुरी हुन्छ। तर केवल पाण्डित्य वा बौद्धिक ज्ञानले मात्र पुग्दैन; यसलाई ध्यानको भावना (अभ्यास) सँग एकाकार गराउनुपर्छ। कुनै लाभ वा फलको आशा राखेर मात्र गरिएको अध्ययनले वास्तविक लाभ दिँदैन। हामीले शिक्षा र साधनालाई सँगसँगै लैजानु पर्छ।
—अन बुद्ध इसेन्स, पृष्ठ १४१-१४२ बाट







