काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज आइतबार तराई भूभागका केही स्थानमा मध्याह्नसम्म हुस्सु र कुहिरो रहनेछ ।
आज कोसी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा बदली हुने पनि महाशाखाले जानकारी दिएको छ । बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
त्यस्तै आज राति पनि देशका तराई भूभागका थोरै स्थानमा हुस्सु रहनेछ ।
महाशाखाका अनुसार पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहने छ।