
काठमाडौं।एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड–२०८१ मा क्रिकेटका अलराउन्डर दीपेन्द्रसिंह ऐरी वर्षको उत्कृष्ट खेलाडी घोषित भएका छन् ।
बुधबार पोखरास्थित प्रदेश सभागृहमा आयोजित अवार्ड समारोहमा नेपाली राष्ट्रिय क्रिकेट टिमका नियमित सदस्य रहेका दीपेन्द्रले आफ्ना चार प्रतिस्पर्धीलाई पछि पारे ।
उत्कृष्ट पुरुष वर्ष खेलाडीको मनोनयनमा दीपेन्द्रसँगै कुशल भुर्तेल (क्रिकेट), जनक चन्द (खोखो), स्यान्टु श्रेष्ठ (टेबलटेनिस) र विजय सिन्जाली (उसु) थिए ।
