काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्सेमा ६.७० अंकको वृद्धि भएको छ ।
बुधबार १०८ अंकमाथिले बढेको सूचक बिहीबार ०.२४ प्रतिशतले बढ्दै २७६६.३८ विन्दुमा उक्लिएको हो ।
नेपाल स्टक एक्सचेञ्जका अनुसारबिहीबार कारोबारमा समेत सुधार आउँदै २० अर्ब ७ करोड रुपैयाँ बराबरको ५ करोड ९ लाख कित्ता सेयर दोस्रो बजारमा कारोबार भएको हो ।






