
पुष ७ दान, शील, र कठिनाइहरूको सामना गर्दै क्षान्तिको अभ्यास गर्नका लागि, हामीलाई चौथो पारमिता अर्थात् वीर्य (उत्साहपूर्ण परिश्रम) को आवश्यकता पर्दछ। पहिलो तीन पारमितालाई व्यवहारमा उतार्न तथा तिनलाई आफ्नो जीवनमा अझ सबल र प्रभावकारी गुणका रूपमा विकसित गराउन चौथो (वीर्य पारमिता) अत्यन्त आवश्यक हुन्छ।
— बौद्धसाधनाका तीन यान, पृष्ठ ६० बाट







