काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजको प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिँदैछन् ।
विश्वासको मत लिने प्रयोजनका लागि आज बिहान ११ बजे प्रतिनिधि सभा बैठक बस्ने कार्यसूची रहेको छ ।
२७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १३८ मत चाहिन्छ । अहिलेसम्मको स्थितिमा प्रचण्डसँग माओवादी ३२, रास्वपा २१ र एकीकृत समाजवादी १०गरी जम्मा ६३ जना साँसद मात्र देखिने अबस्था छ । यस स्थितिमा प्रधानमन्त्रीले विश्वासको मत नपाउने निश्चित जस्तै छ । विश्वासको मत नपाएपछि उनी पदमुक्त हुने छन् र नयाँ सरकार गठन प्रक्रिया सुरु हुने छ । कांग्रेस, एमाले लगायत दलले नयाँ सरकार गठनका लागि आजै दाबी पेश गर्ने तयारी गरेको बताएका छन् ।
विश्वासको मत नपाए संविधानको धारा ७६ (३) अनुसार संसदको सबभन्दा ठूलो दलका नेता शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार बन्ने माओवादीको दाबी र विगतको अभ्यास अनुसार ७६ (२) अनुसार नै सरकार गठनको जिकिर एमाले काँग्रेसको रहि आएको छ । विगतको अभ्यास मात्र नभइ विभिन्न समयमा सर्वाेच्च अदालतले गरेका निर्णयको नजिरहरुले पनि सोही ७६(२) आकर्षित हुने बताइएको छ ।
अविरल झरीले मूलुकमा क्षति बढीरहेको छ । यता राजनीतिक सरगर्मी पनि उतिक्कै बढेको छ । एमाले निकट स्रोतले जनाए अनुसार नयाँ सरकारका लागि शुक्रबार नै दाबी पेश गर्ने कांग्रेस को एमाले तयारी छ । ने.का.बाट मन्त्रीमा प्रकाशमान श्रेष्ठ रएमालेबाट विष्णु पौडेल मन्त्री बन्ने पक्का जस्तै भएको छ ।उनीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार संसदमा मत विभाजन नगरी राजीनामा दिन सुझाएका छन् । मत विभाजन भए परिणाम आए लगतै दुई तिहाई सांसदको हस्ताक्षरसहित शीतल निवास जाने तयारी पनि गरिएकाृे बताइएको छ । ।स्रोतका अनुसार ,साउन पहिलो साताभित्र मन्त्रिपरिषदले पूर्णता पाउने योजनामा कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा आली छन् ।नयाँ सरकार चाँडो बनाउने योजना अन्तर्गत देउवा र ओलीले दुई उपप्रधानमन्त्रीको टुंगो लगाइसकेका छन् ।
सहमति बमोजिम अर्थ मन्त्रालय पाउने एमालेले पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई पठाउने तयारी गरेको छ । ‘अनुभवी मन्त्री पठाउने भन्ने मानक बनाएपछि हाम्रो पार्टीभित्र अर्थ मन्त्रालय चलाउन विष्णु पौडेल निर्विकल्प हुनुभयो’, एमालेका एक पदाधिकारीले भने, ‘कांग्रेसबाट शेरबहादुर देउवाले प्रकाशमान सिंहलाई सरकारको नेतृत्व गरेर पठाउने भनेपछि विष्णु पौडेल पक्का हुनुभयो ।’
ओली नेतृत्वको सरकारमा जनमत पार्टी, जसपा, लोसपा र नाउपा सहभागी हुने पक्का भइसकेको छ । सिके राउत नेतृत्वको जनमत र अशोक राई नेतृत्वको जसपालाई ओली आफैंले सरकारमा सहभागी गराउन चाहेका थिए । लोसपा र नाउपालाई देउवाले सहभागी गराउँदैछन् ।
‘ठूला दलहरु मिलेर सरकार बनाउँदाको जोखिम हल गर्न यसपटक अनुभवी र योग्य मन्त्रीहरु छान्नुपर्छ, बीचमा फेर्नुपर्ने गरी निर्णय गर्नु हुन्न भन्नेमा दुवै दल प्रष्ट छौ’, एक नेताले भने ।देशका यावत सम्रस्या समाधानमा आगामी सरकार नयाँ सोचका साथ चल्छ कि सत्ता परिवर्तन मात्र हुने हो त्यो भने हेर्न केही समय कुर्नुपर्नेछ । यसरी हेर्दा कुनै ठूलै राजनीतिक अनिष्ट नभए आजै केपी ओलीको नेतृत्वमा मुलुकले नयाँ सरकार पाउने देखिएको छ ।

