
तनहुँ । साहित्यकार माधव बिडारीद्वारा लिखित उपन्यास ‘फेरिल’ व्यास नगरपालिकाकी उपप्रमुख इन्दिरा दरैले लोकार्पण गरेकी छन् ।
उपन्यासकार बिडारीका अनुसार उपन्यासमा आदिवासी, जनजाति, सीमान्तकृत दरै जातिहरूको विषयवस्तु समेटिएको छ ।
दमौलीमा आयोजित कार्यक्रममा उपप्रमुख दरैले कृति सार्वजनिक गर्दै आदिवासी जनजाति दराई समुदायको कथावस्तुमा आधारित रहेर लेखिएको यस उपन्यासले यस समुदायको रीतिरिवाज, कला, संस्कृतिको संरक्षणमा मदत पुग्ने बताइन् ।
गौकुमारी न्यौपानेले पुस्तकमाथि समीक्षात्मक टिप्पणी गरेको उक्त कार्यक्रममा आदिकवि भानुभक्त क्याम्पस दमौलीका प्रमुख महाप्रसाद हड्ख, चिजबहादुर दरै, दिलबहादुर दरै, ठाकुरबहादुर दरै, विजय दरै,उपन्यासकार बिडारी लगायतले बोलेका थिए ।

दरै समाज तनहुँका अध्यक्ष ठाकुर बहादुर दरैको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको सहजिकरण सचिव विजय दरैले गरेका थिए ।
पूर्वकथा र अपूर्वकथा गरि दुई भागमा विभाजित उपन्यास १ सय २३ पृष्ठको रहेको छ।


