
पुष १, दान पारमिताको अभ्यास बाहिरी वस्तुसँग सम्बन्धित छैन, यो त आन्तरिक कुरा हो। यो हामीले कसरी सोच्छौं भन्ने कुरामा भर पर्छ। यो मनको त्यस्तो अवस्था हो जसले दानमार्फत अरूलाई साँच्चै सहयोग गर्न चाहन्छ। यो हरसम्भव तरिकाले केही प्रदान गरेर अरूलाई साँच्चै मद्दत गर्न चाहने भावना हो। यो अरुलाई आवश्यक परेको जेसुकै दिएर सहयोग गर्न तत्पर रहेको चित्तको अवस्था हो। तसर्थ, हामीसँग वास्तवमा दान गर्ने अवसर प्राप्त हुन्छ वा हुँदैन भन्ने कुरा त्यति महत्त्वपूर्ण छैन। महत्त्वपूर्ण कुरा त हाम्रो शुद्ध आशय हो।
— कमेन्ट्री अन ज्वेल अर्नामेन्ट अफ लिबरेशन (सद्धर्मचिन्तामणिमोक्षरत्नालंकारको व्याख्या), पृष्ठ १९७ बाट








