
काठमाडौं।नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ।
काठमाडौंको भृकुटीमण्डपमा बैठक सुरु भएको हो। ११औं महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि पार्टीले अन्तिम केन्द्रीय कमिटीको बैठक बोलाएको थियो।
बैठकमा पार्टीको विधान संशोधन, समसामयिक राजनीतिक परिस्थिति तथा बन्दसत्रका कार्यक्रमहरूबारे छलफल हुने बताइएको छ।
केन्द्रीय कमिटी बैठकको कारण बन्दसत्र भने केही ढिलो हुने भएको हो ।
एमालेको बन्द सत्र काठमाडौंको भृकुटीमण्डपमा हुँदैछ ।





