
काठमाडौं, मंसिर २६ गते । नेपाल स्केटिङ तथा स्केटबोडिङ एसोसिएसन र रेयान्स स्केट पार्क रुकुमपुर्वको संयुक्त आयोजनामा गर्न लागेको प्रथम खुल्ला रोलर स्पीड स्केटिङ प्रतियोगिताको तयारी पुरा भएको आयोजक रियाँस स्केट पार्क सिस्नेका प्रमुख अस्मि घर्तिले बताइन प्रतियोगिता यहि मंसिर २७ गते बिहान १० बजेबाट सिस्ने गाँउ पालिका वडा नं ६ चिउरेनीमा सम्पन्न हुने भएको छ ।
खुल्ला प्रतिस्प्रधामा नेपाल भरीका महिला तथा पुरुष खेलाडीहरु समाबेश हुने छन । प्रतिस्प्रधामा प्रथम, द्रितिय र त्रितिय स्थान हासिल गर्ने महिला तथा पुरुष खेलाडीहरुले नगद पुरस्कार रु १०,००० , रु ७,५०० र रु ५,००० सहित मेडल प्रमाण पत्र र सान्तोना पुरस्कारहरु प्राप्त गर्ने छन ।
युवा जमातका बिच लोकप्रिय खेल स्केटिङको बिकाश, प्रबर्धन तथा व्यवसायिकताका लागि नेपालमा यस्ता प्रतियोगिताहरु आवश्यक रहेको संघका अध्यक्ष अचुत खनालले जानकारी दिनु भयो ।
रेणुलाई कांस्य
दुबइमा भइरहेको पाँचौं एसियाली युथ पारा गेम्सअन्तर्गत तेक्वान्दोमा नेपालकी रेणु तामाङले शुक्रबार कांस्य पदक जितेकी छन् ।
पहिलो खेलमा रेणुले बंगलादेशकी नस्रिन अख्तरलाई पराजित गर्दैै सेमिफाइनल पुगेको उनका प्रशिक्षक कविराज नेगी लामाले जनाएका छन् । रेणुले पहिलो राउन्डमा १५–३ र दोश्रोमा १२–० अंक बटुलिन् ।
सेमिफाइनलमा इरानकी जहरा सोल्तानीले रेणुलाई हराइन् । रेणु पहिलो राउन्डमा ०–२ र दोश्रोमा ०–१ ले पछि परिन् ।





