
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई नियन्त्रणमा लिएको विषयमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्कालाई सोधपुछका लागि बोलाएको छ ।आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलका अनुसार जबरा नियन्त्रणमा परेपछि आइतबार आयोगको टोली अनुगमनका लागि टेकु पुगे पनि उनलाई भेट्न नदिएको विषयमा छलफल गर्न खड्कालाई बोलाइएको हो । आयोगको टोली करिब ४५ मिनेट गेटमै बसेर फर्किएको थियो । शनिबार राति प्रहरीले नियन्त्रणमा लिएका चोलेन्द्रलाई आइतबार अपराहन्न करिब २ बजे परिवारको जिम्मा लगाइएको थियो ।



