
काठमाडौँ । हिमलुङ हिमाल क्षेत्रमा गएको हिमपहिरोपछि खोज तथा उद्धारमा खटिएको नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसनको टोलीले थप दुई जनाको शव फेला पारेको छ ।
एसोसिएसनका अनुसार आइतबार खोजीका क्रममा छेबी भोटे र पासाङ भोटेको शव निकालिएको थियो भने आज थप दुई जना वीरेंद्र गुरुङ र घनश्याम राईको शव फेला परेको हो ।
हिमपहिरो प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहेको छ । मौसम र अवस्था अनुकूल रहे टोलीले थप ३ देखि ४ घण्टा खोजी कार्यलाई निरन्तरता दिने जनाएको छ ।
एसोसियसनका अनुसार हिमपहिरोमा अझै १० जना बेपत्ता रहेका छन् । आइतबार आएको हिमपहिरोमा किचन स्टाफ १४ जना र २ जना आरोहण गाइड बेपत्ता भएका थिए ।


