
काठमाडौं।हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन् ।
आंशिक बदलीबाहेक आज देशभर मौसम मुख्यतया सफा रहने मौसम विज्ञान विभागले जनाएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी प्रदेशको हिमाली भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
विभागका अनुसार राति देशभर मौसम मुख्यतया सफा रहने छ ।