
चर्चामा पुस्तक
काठको बाकस आइसबक्स अनि सपनाहरु
नीरा श्रेष्ठको कविताकृतिभित्र समाजका विकृति विसंगति,प्रकृतिप्रेम,फूलप्रतिको प्रेम,वैदेशिक रोजगारका पीडा,विभिन्न सानातिना तर आवश्यक चीजविजहरुको महत्व,प्रेम लगायतका विभिन्न विषयका कविताहरु समावेश छन् ।
४१ थान मध्यम आयतनका कविताहरुमा बिम्बको समुचित प्रयोग, सरल भाषाशैली, भावनात्मक र विचारात्मक चेतका कविताहरु पढ्न सकिन्छ ।
काठको बाकस आइसबक्स अनि सपनाहरुलाई लालित्य सृजना समाजले प्रकाशनमा ल्याएको हो ।
यसको मूल्य रु. ३०५। रहेको छ ।
डगल्यान्ड
पी.पी.कोइरालाको लघुकथासङ्ग्रहभित्र सामाजिक यथार्थवादी चेतमा लेखिएका ५३ थान लघुकथाहरु समावेश गरिएका छन् । समाजका विकृतिप्रतिको व्यङ्ग्य कथाहरुमा पाउन सकिन्छ । समाज,परिवार र राजनीति मात्र नभएर जागीरे जीवनका विषयवस्तुहरु रोजिएर लघुकथा सिर्जित भएका छन् ।
भावले वलिष्ठ,आयामका हिसावले लघुकथाको सुत्रमा बाँधिएका सरल भाषाशैली प्रयोग भएका लघुकथाहरु खँदिला लाग्छन् ।
डगल्यान्डलाई हाम्रो लघुकथा केन्द्रले प्रकाशनमा ल्याएको हो । यसको मूल्य रु. २००। रहेको छ ।
गथासो
नारायण ज्ञवालीको कविताकृतिभित्र ७३ थान विषयगत विविधाका कविताहरु समावेश गरिएका छन् । आफु बाँचीरहेको समाजको यथार्थ प्रतिबिम्वन भएर कविताहरु लेखिएका छन् । सकारात्मक भाव र सोचका साथ विचार दिइएका कविताहरु पढ्न पाइन्छ । भाव र अनुप्रासको सुन्दर संगमले कविताहरु भरिएका छन् । कवि सुशासनको पक्षमा कविता कोर्छन । सबैमा सकारात्मक भाव राख्न आग्रह गरिएका कविताहरुको प्रधानता कृतिमा पाइन्छ ।
गथासो कृतिभित्र अनुस्टुप छन्द,गीति कविता,सबाई छन्द,शार्दूलविक्रीडित छन्द समेत प्रयोग गरिएका कविता छन् ।





