काठमाडौ । सुरभि साहित्य प्रतिष्ठानले चार जना स्रस्टाहरुलाई नगदसहितको पुरस्कार प्रदान गरेको छ ।
साउन १९ गते सुरभिको १६ औं वार्षिक साधारणसभाको अबसरमा एक समारोहबिच अच्युतराम लघुकथा पुरस्कार नेपाल श्रष्टा समाजका अध्यक्ष एवं वरिष्ठ साहित्यकार श्री ओम श्रेष्ठ ‘रोदन’,सुरभि प्रल्हाद नारी आख्यान पुरस्कार वरिष्ठ कथाकार हिरण्यकुमारी पाठक,सुलेख आख्यान प्रतिभा पुरस्कार आख्यानकार विद्याप्रसाद घिमिरे र सुरभि वेदमणि आख्यान प्रतिभा पुरस्कार आख्यानकार रामचन्द्र दाहाललाई प्रदान गरियो ।

पुरस्कृत चारैजना स्रष्टाहरुलाई जनही रु.१० हजार नगद सहित प्रमाणपत्र र दोसल्ला ओढाइ सम्मान गरिएको थियो ।