
पोखरा महानगरपालिका २१ फुर्सेखोलाको घुम्तीमा बस दुर्घटना भएको हो ।
विद्यार्थी बोकेर आउँदै गरेको स्कुल बस दुर्घटनामा परेको छ ।उक्त बस दुर्घटनामा एक जनाको मृत्यू भएको छ । मृत्यु हुनेमा एलपी देवकोटा मेमोरियल विद्यालयकी कार्यालय सहयोगी आरती विक रहेको प्रहरीले जनाएको छ ।
उक्त बस एलपी देवकोटा मेमोरियल इंग्लिस स्कुलको हो ।
कास्की प्रहरीका सूचना अधिकारी डिएसपी वसन्तकुमार शर्माका अनुसार बसमा २२ विद्यार्थी, चालक र सहचालक गरि २४ जना सवार थिए । यो विद्यालय बिरौटामा छ । विद्यार्थी लिएर आउँदै गरेको ग १ क ६३१९ नम्बरको बस सडकबाट झन्डै ६० मिटर तल खसेको छ ।घाइते विद्यार्थीेको उद्धार गरेर गण्डकी मेडिकल कलेज पृथ्वीचोकमा उपचार भैरहको बताइएको छ ।




